७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अर्जेन्टिनालाई कोलम्बियाले २–० गोलले हरायो


१ असार, काठमाडाैँ । ब्राजिलमा जारी अमेरिका कप फुटबल खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २–० गोलले हराएकाे छ । अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको पहिलो खेलमै कोलम्बियासँग पराजित भएको हाे ।  कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले गोल गरेका हुन् । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा कोलम्बिया हावी भएको थियो । ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए ।

८६औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित बनाएका थिए । बल नियन्त्रणमा पकट जमाएको कप्तान लियोन मेस्सी प्रेरित अर्जेन्टिनाले गोल गर्न भने सकेन । अर्जेन्टिनाले केही राम्रो अवसर खेर फालेको थियो । पहिलो जितसँगै समूह ‘बी’ मा तीन अंक बनाएको कोलम्बिया क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार ०८:५४