१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल टेलिकमको बदमासी, पोष्टपेड मोबाइलका अधिकांश ग्राहकको आउटगोइङ सेवा भोलिसम्म बन्द 


३२ जेठ, काठमाडौँ । नेपाल टेलिकमका कर्मचारीको चरम बदमासी देखिएको छ । अहिले एक घण्टाअघिदेखि नेपाल टेलिकमका अधिकांश पोष्टपेड ग्राहकको सेवा बन्द भएको छ । मोबाइलमा पाँच हजार व्यालेन्स भएका ग्राहको समेत सेवा बन्द भएको छ । सामान्यतया पैसा नतिर्दामात्र सेवा बन्द हुनुपर्नेमा टेलिकमको कार्मचारीको बद्मासीले सबै मोबाइल प्रयोगकर्ताले आगामन कल रिसिभ मात्र गर्न पाउने भएका छन ।

यो सेवा भोलि बिहानसम्म बन्द हुनेछ । टेलिकमले बिल मिलाउनका लागि प्राय हरेक महिनाको अन्तिम दिन आउटगोइङ सेवा बन्द गर्दै आएको छ । सिस्टमले म्यानेज गर्नुपर्ने विषयमा समेत उपभोक्तालाइ प्रत्यक्ष मारमा पारेर टेलिकमले गलत काम गरेको छ । सिस्टमको समस्याका कारण सबैको डियु अमाउन्ट समेत दोब्बर देखिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार २२:०२