११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्याव्सन र एन प्याव्सनका नेता मर्दा पनि निजी स्कुल बन्द, भोलि काठमाडाैँका सबै स्कुलमा विदा


३२ जेठ, काठमाडाैँ । आइतबार काठमाडौँका सबै निजी विद्यालय बिदा हुने भएकाे छ । निजी विद्यालयहरुको छाता संगठन प्याव्सन र  एन प्याव्नले सूचना जारी गर्दै आइतबार काठमाडाैँका सम्पूर्ण निजी विद्यालय विदा दिने निर्णय गरेको हो । बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते विधालयहरुमा बिदा दिने निर्णय गरेकाे उनीहरूकले विज्ञप्ति नै जारी गरेर जानकारी दिएका छन ।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतवार काठमाडौँ भरिका सम्पुर्ण निजी विधालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य स्हकुलहरुलाई अपिल गरेका छन् । प्यासन र एन प्याव्सनका जिल्ला स्तरका नेता मर्दा समेत स्कुल बन्द गर्ने निर्णय गरेको भन्दै सामाजिक सञ्चाजलमा चर्को बिरोध भएको छ । विदाको दिनको समेत पढाएको भनेर पैसा उसल्नुे निजी स्कुलहरूले संगठनका नेताको मृत्युमा समेत विदा दिन थालेपछि समस्या सर्जना हुने अभिभावकहरूलेल  बताएका छन ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार २०:३८