११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

बजेट सक्न धुलिखेल पुगेका कानुन मन्त्रालयका उपसचिवहरूले रक्सी खाएर होटल तोडफोड गरे


३२ जेठ, काठमाडौँ । चलू आर्थिक वर्षका लागि विनियोजित बजेट सक्ने उद्देश्यले काभ्रेको धुलिखेल पुगेका कानुन मन्त्रालयका उपसचिवहरूले रक्सी खाएर कुटाकुट गरेका छन । उनीहरूले एक आपसमा कुटपिटमात्र गर्ने नभइ होटल समेत तोडफोड गरेका छन । उनीहरूले रक्सीको मातमा शुक्रबार धुलिखेलको अरनिको होटलमा उनीहरूले तोडफोड गरेका हुन ।

कानुनमन्त्री भानुभक्त ढकालले उद्घाटन गरेको क्षमता अभिवृद्धि कार्यक्रममा उनीहरूले मध्यरातमा रक्सी माग्दै होटलमा तोडफोड गरेका हुन । मध्यरातको २ बजेतिर कानुन मन्त्रालयका तीन जना उपसचिवले हामी को हो चिनेका छैनौँ रु भन्दै कामदारलाइ समेत लछारपछार गरेका थिए । राति होटलमा भएर टेलहरू मसेत उतानो पार्ने र फ्रिज फुटाउने काम उपसचिवहरूले गरेको होटलका कामदारले बताएका छन ।

उनीहरूले शनिबार बिहान पुन होटलका कर्मचारीलाइ मध्यरातको विषय सार्वजनिक नगर्न र आफूहरूको नाम नभन्न भन्दै तनाव दिएका थिए । आर्थिक वर्ष २०७५।७६ सकिनै लाग्दा क्षमता अभिवृद्धि र समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेका हुन । उनीहरुले होटलका कुर्सी र फ्रिज तोडफोड गर्न थालेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसलग्तै त्यहाँ प्रहरी त पुग्यो तर बिडम्बना उल्टै उपसचिवहरूलाइ स्यालुट गरेर फर्कियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार २०:१९