१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


३२ जेठ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा सवारी दुर्घटनामा परी घाइते भएका एक युवकको आज मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–७ मोहनपुरस्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट घाइते मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ हनुमानचोकका मिश्रिलाल महतोको छोरा २५ वर्षीय रामदयाल महतोको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु४९प ९१७० नंको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको स१त ७९२ नंको ट्र्याक्टरले गए राति ठक्कर दिएको थियो । घाइते महतोको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल बताउनुभयो । प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १९:३५