७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोट पुगेका कांग्रेस सभापति देउवालाई जगदिश्वरनरसिंह केसीले दिए कडा चेतावनी (भिडियोसहित)


३२ जेठ, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले केन्द्रीय सभापति शेरबहादुर देउवालाई गुटबन्दी नगर्न चेतावनी दिएका छन । नुवाकोटको चाैघडामा भएको संयुक्त क्षेत्रीय सम्मेलन कार्यक्रममा मञ्चमा रहेका सभापति देउवालाई केसीले केन्द्रमा गर्नेगरेको गुटबन्दीले पार्टी कमजोर बनेको स्पष्ट शब्दमा बताए । उ

नले जागरण अभियानको क्रममा कार्यकर्ताहरूले समेत नेताहरूको गुटबन्दी मन नपराएको भन्दै उनले अब पनि गुटबन्दी जारी राखे कांग्रेस सकिने बताए ।  उनले नुवाकोटमा यति ठूलो सभा गर्ने विषयमा नुवाकोटकै भूगोलमा राजनीति गरिरहेका प्रभावशाली नेताहरू डा रामशरण महत र अर्जुननरसिंह केसीसँग समान्य समेत परामर्श नगरेको भन्दै उनले अाक्रोश पोखे ।

नेता केसीले नुवाकोटमा भएको यतिठूलो सभामा दुइ नेता सहभागी नहुनु दुर्भाग्य भएको बताए । साथै उनले केन्द्रको गुटबन्दी समाप्त हुने हो भने जिल्लास्तरमा त्यसको अावश्यकता नपर्ने बताए । पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको पहलमा बिधानविपरित आयोजित संयुक्त क्षेत्रीय सम्मेलन डा रामशरण महत र अर्जुननरसिंह केसीले बहिष्कार गरेका छन । केसीले कार्यक्रममा व्यक्त गरेको विचार यहाँ सुन्न सकिन्छ । भिडियो साैजन्यः नवराज सुवेदी

यो पनि पढ्नुहोस्

–नुवाकोट कांग्रेस समाप्त पार्दै प्रकाशशरण महत, देउवा सहभागी सभा केसी र महतद्वारा बहिस्कार

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १९:१५