८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चैतदेखि शिक्षक उपस्थित नहुँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी


३२ जेठ, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महीनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् । खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शङ्कर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययन गर्ने विष्णुदेवी रावलले जानकारी दिनुभयो ।

छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र शुरु भएको एक महीनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन नभएको जानकारी दिनुभयो । उता विद्यालयका प्रअ भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाएता पनि काजमा गएका कारणले र विद्यालयमा शिक्षक नभएकाले पठनपाठनमा केही समस्या आएको प्रधानाध्यापक वीर्खबहादुर छत्यालले बताउनुभयो ।रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १०:३६