८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

घरेलु टोली नुवाकोट–११ लाई दोस्रो नुवाकोट गोल्डकपको उपाधि, फाइनलमा संकटा ५–३ ले पराजित


३१ जेठ, नुवाकोट । घरेलु टोली नुवाकोट–११ ले दोस्रो नुवाकोट गोल्डकपको उपाधि जितेको छ । फाइनलमा संकटा क्लबलाई पेनाल्टी सुटअाउटमा ५–३ ले हराउँदै नुवाकोट ११ ले उपाधि जितेको हो । उसल्र उपाधिसँगै नगद ६ लाख रूपैयाँ र ट्रफी पनि जितेको छ । उप विजेा संकटाले नगद ३ लाख रूपैयाँ जितेको छ ।  पेनाल्टीमाल नुवाकोट ११ लाई जिताउनका लागि गोलरक्षक अपर्ण कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरे । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । 

२३ औं मिनेटमा हेडर मार्फत गोल गर्दै पुजन उपरकोटीले संकटालाई अग्रता दिलाएका थिए भने ३८ औ मिनेटमा भिक्टरले नुवाकोट ११ को लागि गोल गर्दै बराबरीको अवस्थामा पुर्‍याएका थिए। पेनाल्टी शुटआउटमा निर्णायक बचाउ गरेको नुवाकोटका गोलरक्षक खेलको हिरो सावित भए। त्यसकैका लागि अर्पणले म्यान अफ दि म्यच भएर १० हजार नगद पुरस्कार समेत जिते । नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा नुवाकोट ११ का रूपेश केसी उत्कृष्ट खेलाडी घोषित भए उनले ५० हजार नगद ट्रफी उपाहार पाए । त्यस्तै उत्कृष्ट प्रशिक्षकको उपाधि नुवाकोट ११ कै देवनारायण चित्रकारले पाएका छन भने उनले २० हजार नगद पुरस्कार पनि जितेको एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले दैनिकीलाई जानकारी दिए । गोल्डकपको म्यान अफ दि म्याचका लागि साकुरा नेपाल कन्सलटेन्सीले प्रायोजन गरेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार २०:१०