१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भिजिट नेपाल २०२० को तयारीका लागि २५ महिला प्रहरीलाई ‘अंग्रेजी भाषा अभिमुखीकरण’


३१ जेठ, काठमाडाैँ । भिजिट नेपाल २०२० को तयारीका लागि २० महिला प्रहरीलाई ‘अंग्रेजी भाषा अभिमुखीकरण’ तालिम दिइएको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक प्रहरी महाशाखाले इन्स्टिच्युट अफ प्रोफेसनल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टरको सहयोगमा ‘अंग्रेजी भाषा अभिमुखीकरण’ प्रदान गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले शुक्रबार तीन दिने अभिमुखीकरणको समापन गरेका छन । उनले सभागी भएका  २५ जना महिला कर्मचारीालइ प्रमाणपत्र वितरण गरे । महिला सशक्तिकरण तथा पर्यटन बर्ष २०२० लाई लक्षित गरि तालिम सञ्चालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १९:४२