१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

रसुवागढी एकीकृत भन्सार कार्यालयको अर्थमन्त्रीद्धारा शिलान्यास, कांग्रेस किन निषेध ?


३१ जेठ, रसुवा । रसुवा जिल्लामा रहेको रसुवागढी एकीकृत भन्सार कार्यालयको शिलान्यास भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रकार भन्सार कार्यालयको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा नेकपाका नुवाकोटको समेत सांसदको उपस्थित रहे पनि रसुवाकै सांसदहरूको भने सहभागिता देखिएन ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन अाचार्य, प्रदेशसभामा निर्वाचित प्रभात लामा र तत्कालनी नयाँ शक्तिबाट प्रदेशसभामा निर्वाचित प्रेम तामाङ जो अहिले कांग्रेसको गतिबिधिमा संलग्न रहेका छन उनीहरू कसैले पनि शिलान्यास कार्यक्रममा सहभागिता जनाएनन् । नेकपाका नुवाकोटका संसद नारायण खतिवडा र नेकपा रसुवाका अधिंकाश नेता सहभागी शिलान्यास कार्यक्रममा कांग्रेसलाइ किन निषेध गरियो खोजीको विषय बनेको छ । हामीले कांग्रेस सांसदलाइ निषेध गर्नुको कारणका बारेमा रसुवा सांसद मोहन अाचार्यसँग कुरा गर्ने प्रयास गरेपनि उनले फोन रिसिभ गरेनन् । हेर्नुहोस् कार्यकर्यक्रममा तस्बीरहरू ।

 

तस्बीरहरूः संविधानसभा सदस्य एवं नेकपाका नेता जनार्दन ढकालको फेसबुकबाट साभार ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १८:४४