११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

आइतबार निजी विद्यालय बिदा हुने (विज्ञप्तिसहित)


३१ जेठ, काठमाडाैँ । आइतबार  काठमाडौँका सबै निजी विद्यालय  बिदा हुने भएकाे छ । निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले सूचना जारी गर्दै आइतबार काठमाडाैँका सम्पूर्ण निजी  विद्यालय विदा दिने निर्णय गरेको हो । बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते  विधालयहरुमा बिदा दिने निर्णय गरेकाे जानकारी प्राप्त भएकाे छ ।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतवार काठमाडौँ भरिका सम्पुर्ण निजी विधालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई अपिल गरेका छन् ।

विज्ञप्ति

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १८:३८