१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भारतमा मानव वेचबिखन गर्ने गिरोहका नाइके नुवाकोटको योगेश सापकोटा काभ्रेबाट पक्राउ


३१ जेठ, काठमाडाैँ । भारतमा मानव वेचबिखन गर्ने गिरोहका नाइके नुवाकोटको योगेश सापकोटा काभ्रेबाट पक्राउ परेका छन ।  वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्लीमा लगी बेहोस पारी रकम लुटपाट गरी पिडितहरुको किड्नी निकाल्ने उद्देश्यले मानव वेचबिखन तथा ओसारपसार गर्ने काममा संलग्न रहेका नुवाकोट जिल्ला मेघाङका ५ का योगेश सापकोटा काभ्रेबाट पक्राउ परेका हुन ।

यस्तो छ घटनाको विवरण

परिवर्तित नाम सिंहदरबार ४० लाई क्यानाडामा राम्रो तलब सहितको रोजगारी, निशुल्क ETA, राम्रो Accommodation र PR को प्रलोभनमा पारी नेपालमा रहेका योगेश सापकोटा र अन्य बिभिन्न नेपाली अभियुक्तहरुले पिडितलाई फकाई बिश्वासमा पारी ५ फेब्रुअरी २०१९ मा भारतको नयाँदिल्लीमा लिएर गई होटलमा राखेपछि थप भारतिय अभियुक्तहरु समेत संलग्न भई पिडितलाई क्यानाडा जानको लागि २२,००० अमेरिकी डलर नगदै SHOW गरेपछि मात्र Electronic Travel Authorization (eTA) ल्याउन सकिन्छ तुरुन्त रकम झिकाउनु भनि पिडितलाई फकाई दबाव समेत दिएकोमा पिडितका बुबा र मामा २ जनाले नगदै अमेरिकी डलर जम्मा २२०५९ ( बाईस हजार उनान्साठी) समेत लिई १२ फेब्रुअरी २०१९ मा भारतको नयाँदिल्ली पुगेपछि पिडित लाई क्यानाडा जानको लागि भनि ईन्दिरा गान्धि एअरपोर्ट र बाबु र मामालाई गुडगाउँ स्थित होटलमा लगी बेहोस पारी किडनी झिक्ने प्रयास गरेको र क्यानाडाको लागी भनि एअरपोर्ट लगिएका पिडित एअरपोर्टमै अलपत्र पारेपछि बाबु र मामा खोज्दै गुडगाउँ स्थित होटल पुगेका पिडितले बाबु र मामालाई बेहोस अबस्थामा फेला पारेपछि हस्पिटल लगी उपचार गराई ठिक भएपछि पिडितहरुले आफ्नो साथमा बोकेको सम्पूर्ण नगद अभियुक्तहरुले लुटेको थाहा पाएको तथा नाजुक अवस्थामा पिडितहरु नेपाल फिर्ता आएको कसुर अपराधमा संगठित भइ पिडितहरुलाई नेपालबाट भारतमा लगी नाजुक अबस्थामा पारी बेहोस बनाई पिडितहरुको रकम लुटपाट गर्ने, पिडितहरुको किड्नी निकाल्ने योजना बनाई सो को लागि ओसारपसार गर्ने कसुरमा संलग्न रहेका अभियुक्तहरुको खोजतलास गर्दै जाँदा मिती २०७६।२।२९ गते जिल्ला काभ्रेपलाञ्चोक, बनेपा न.पा.-५ तरकारी बजारमा तपसीलका अभियुक्त पक्राउ परेका र अन्य फरार अभियुक्तहरुको खोजतलासको कार्य जारी रहेको।

प्रकाउ अभियुक्तको विवरण
नाम थर –योगेश सापकोटा उमेर:- २६ बर्ष, ठेगाना:- जिल्ला नुवाकोट, मेघाङ गाउँपालिका वडा नं. ५
लुटिएको रकम:- अमेरिकी डलर जम्मा २२०५९ ( बाईस हजार उनान्साठी), भारतिय रुपैया १५,०००।– (पन्ध्र हजार) ने.रु.३५,०००।- ( पैंतिस हजार) ।

कानुनी प्रावधान :-
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान र कार्वाहि हुने।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १८:०९