८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फिफाको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्यो, दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा


३१ जेठ, काठमाडाैँ । विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरीयता सार्वजनिक भएको छ । नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ । नयाँ वरीयतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको छ । यसअघि नेपाल  १ सय ६१ औं स्थानमा रहेको थियो । नेपालले यसै महिना मलेसिया र चाइनिज ताइपेइसँग २ वटा मैत्रिपूर्ण खेल खेलेको थियो जसमा एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । जसको असरमा नयाँ वरियतामा देखिएको छ ।

नयाँ वरीयता अनुसार नेपाल दक्षिण एसियाली मुलुकको सूचीमा भने तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेका छन् ।नेपालभन्दा तल बंगलादेश १ सय ८३ औंँ, भुटान १ सय ८६ औंँ, श्रीलंका २ सय १ औँ र पाकिस्तान २ सय ३ औंँ स्थानमा रहेका छन् । विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंङ्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १७:३४