१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मुख तथा स्वास गन्हाएर हैरान हुनुहुन्छ भने यी उपाए अपनाउनुहाेस्


३१ जेठ, काठमाडाैँ । स्वास गनाउने र मुख गनउने सबैभन्दा ठुलाे समस्या हाे । स्वास गनाउने समस्या मुखको एक ब्यक्टेरियाकाे कारयले हुने गर्छ । स्वास गनाउने समस्या भएकाहरूले यि उपायहरु अपनाउँनुहोस्ः

अलैची वा तुलसीको पात खाने जसले स्वास गनाउन कम हुन्छ ।  जिब्रो सफा गर्नेः  कहिलेकाही खाना खाएपछि केही कर्णहरु जिब्रोमा नै लाग्ने गर्छन् । जसलाई सही तरिकाले सफा गरेन भने मुखबाट र सासबाट दुर्गन्ध आउने गर्दछ ।

घाँटी र दाँतको बीचमा खाना अड्किएर कुहिए पछि पनि स्वास गनाउँछ ।  तनावले पनि स्वास गनाउने हुन्छ। तनावले मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउछ ।

तातो पानीमा नुन मिसाएर कुल्ला गर्ने ।  जिरालाई भुटेर खाँदा पनि सासको दुर्गन्ध हराउँछ ।  पुदिनापानीले  दिनमा २-३ पटक कुल्ला गर्दा पनि सासको दुर्गन्ध हराउँछ ।  प्रत्येक दिन एक गिलास पानीमा एक कागती निचोरेर यसले मुख कुल्ला गर्नुस् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १६:५३