७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै महिला सांसदलाई थप्पड हान्ने पक्राउ


३१ जेठ, केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ ।

 

पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको समाचारमा जनाइएको छ । त्यसपछि पुरुष सांसदहरुले ’थप्पड दिवस’ हो भनि महिला सहकर्मीहरूलाई होच्याएको समाचारमा जनाइएको छ । कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसदबाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका जनाइएको छ ।रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १५:०८