८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारत र पाकिस्तान तनावका कारण सिनियर र जुनियर स्तरको एशिया कपको स्थान परिवर्तन


२८ चैत, काठमाडाैँ । अागामी सेप्टेम्बर महिनामा भारतमा हुने भनिएको एसीसी एसिया कपकाे स्थान परिवर्तन भएको छ ।  लाहोरमा बसेको एसीसीको बोर्ड बैठकले सिनियर र जुनियर स्तरको एशिया कपको आयोजनास्थल र मिति तय परिवर्तन गरेको हाे ।

भारत र पाकिस्तानबीचको राजनीतिक अस्थिरताका कारण एशियन क्रिकेट काउन्सिलले एशिया कपको आयोजना स्थल नै परिवर्तन गरेको हो । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ तारिखमा दुबई र आबुधावीमा हुनेछ ।

५० ओभरको खेलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान रहेका छन् । बाँकी एक टिमका लागि नेपाल, यूएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानबीच प्लेअफ हुनेछ ।

यी ६ टिममध्ये शीर्ष स्थानमा रहने टिमले एशिया कपमा स्थान बनाउनेछ । यस्तै एसीसी इमर्जिङ एशिया कपको आयोजनाको जिम्मा पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा पाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ०९:४८