६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

आफ्ना ५ सन्तानको निर्मम हत्या गर्ने निर्दयी बुवा जसलाई दिइयो मृत्युदण्ड


३१ जेठ, एजेन्सी । आफ्ना ५ सन्तानको निर्मम हत्या गर्ने एक निर्दयी बुवालाई मृत्युदण्ड दिइएको छ । साउथ क्यारोलिनास्थित लेक्जिङ्टनका ३७ वर्षिय तिमोथी जोन्सले आफ्ना ६ वर्षिय छोरालाई बत्तीको तार बिगारेका कारण सजाय स्वरुप यस्ताे व्यायाम गर्न निर्देशन दिए कि उनको मृत्यु नै भयो । सन् २०१४ मा  ६ वर्षे छोराको मृत्यु भएपछि उनले १ देखि ८ वर्षसम्म उमेरका आफ्ना ४ सन्तानको घाँटी थिची हत्या गरे ।आफूले पागलपनका कारण त्यस्तो गरेकाले यसमा आफ्नो कुनै दोष नभएको बताउँदै आएका ति बुबालाई न्यायाधीसले दोषी ठहर गर्दै जून १३ मा मृत्युदण्ड दिनुपर्ने निर्णय गरे ।

जोन्सलाई सन् २०१४ को सेप्टेम्बरमा मिसिसिप्पी चेकपोइन्टमा पक्राउ गरिएको हो । उनले आफ्नो सन्तानको शवलाई फोहोर राख्ने प्लास्टिक ब्यागले बेरेका थिए । जोन्सले पुलिसलाई उनका ६ वर्षे माइलो छोरा न्याहतानको दुर्घटनावश मृत्यु भएको जानकारी दिए । छोराले बिजुलीका तार बिगारेका कारण सन् २०१४ को अगस्ट २८ मा जोन्सले उनलाई स्क्वाट्स र पुसअप्स गर्न अह्राएको बताए ।

 

त्यसपछि आफूले ४ सन्तान – मेराह,८, इलिएस,७, ग्याब्रिएल,२, र एक वर्षे अबिगेल एलेनको घाँटी थिची हत्या गरेको जानकारी दिए । जोन्सका वकिलका अनुसार उनको बाल्यकाल हिंसायुक्त वातावरणमा बितेको र उनले सिजोफ्रेनिया (मानसिक रोग) बाट ग्रसित आमाको माया कहिल्यै पाएनन् । यसका साथै ती वकिलले उनको एक कार दुर्घटनामा टाउकोको हड्डी भाँच्चिएको र दिमागमा चोट लागेको पनि बताए ।

अदालतद्वारा नियुक्त मनोचिकित्सक डा. रिचर्ड फ्रेयरसनका अनुसार अनुसन्धानको क्रममा जोन्सलाई एउटा कडा आवाजले अन्य चार सन्तानको पनि हत्या गर्न अह्राएको बताए । माइलो छोराको मृत्युपछि आफू जेल जानुपर्ने भएका कारण सबैको एकैपटक हत्या गर्नु ठिक भएको जोन्सले सोचे । फ्रेयरसन भने, ‘उनले यसबारे निर्णय गरे र सबैको हत्या गरे । उनलाई लाग्यो कि यस्तो गर्नु नै ठिक हो ।’

‘उनको रोगी दिमागले उनको सन्तान स्वर्गमा नै सुरक्षित हुने सोच्यो,’ मनोचिकित्सकले भने, ‘कसैलाई घृणाका कारण मार्नु हत्या हो । मायामा सन्तानको हत्या गर्नु पागलपन हो ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १४:३४