७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पित्तथैलीको शल्यक्रिया गर्न गएका बिरामीको ओम अस्पतालले आन्द्रा काटिदियो, बिरामीको मृत्यु


३० जेठ, काठमाडौँ । पित्तथैलीको शल्यक्रिया गर्न गएका बिरामीको ओम अस्पतालले आन्द्रा काटिदिएपछि बिरामिकाे मृत्यु भएकाे छ ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थायी घर भएकी ५० वर्षीय राम प्यारी थापामगरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

चिकित्सकले चरम लापरबाहीले गर्दा थापामगरको मृत्यु भएको बिरामीका आफन्त खड्गबहादुर श्रेष्ठले बताएका छन् । जेठ २३ गते अस्पताल भर्ना भएकी मगरकाे शुक्रवार पित्तथैलीको अप्रेसशन भएको थियो । शल्यक्रियाकै क्रममा आन्द्रामा प्वाल परेको र त्यसैको सङ्क्रमणले बिरामीको मृत्यु भएको आफन्तले जनाएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १४:१८