८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मकवानपुरको थाहा ढुंगामा पहिरोले डोजर पुर्यो, दुईजनाको मृत्यु एक जनाको सकुशल उद्धार


३० जेठ, मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा पहिरोले डोजर पुरेको छ । पहिरोले डोजर पुरिँदा दुईजना सहयोगी पनि पुरिएका छन भने अपरेटरको सकुशल उद्धार गरिएको छ । राक्सिराङ गाउँपालिकाको वडा नं ८ स्थित थाहाढुंगा पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ, यद्यपी प्रहरी घटनास्थलमा जाँदै गरेको छ । स्थानीयले डोजर अपरेटरको भने सकुशल उद्धार गर्न सफल भएका छन ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १४:१७