१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण


३० जेठ, कैलाली । कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो ।

अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर थारूले बताउनुभयो । “अपाङ्गता भएका व्यक्ति केही गर्न सक्दैनन् भन्ने साँघुरो सोच सबैले हटाउनुपर्छ”, वडाध्यक्ष थारूले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरी हौसला प्रदान गर्न सहयोग गरेका हौँ । अपाङ्गता भएका व्यक्तिको मागका आधारमा बाख्रा तथा बङ्गुर वितरण गरिएको हो । यस कार्यले उनीहरुको आयस्रोतमा वृद्धि भई जीवनशैलीमा समेत सुधार आउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

गाउँपालिका–८ अन्तर्गत खैरीपुर, जवलपुर, भोक्सी, पहाडीपुर, मटेरा, पालबजार, जादुपुर, वनदेवीपुर र भगरैयाका सातलाई बाख्रा र १० जनालाई बङ्गुर वितरण गरेको हो । बाख्रा पाएपछि अपाङ्गता भएका राधेश्याम थारू निकै खुशी लागेको बताउनुभयो । “हामीलाई कसैले फर्केर हेर्दैन भन्ने लागेको थियो, सहयोग माग्न आए पनि सय÷पचास दिएर फर्काइन्छ”, उहाँले भन्नुभयो, “तर यसपटक गाउँपालिकाले बाख्रा र बङ्गुर दियो, हामी अब सकेजति मेहेनत गर्छौँ ।रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार ११:५९