६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

काठमाडाैँको लाजिम्पाटमा १० महिनाको शिशुको घाँटीरेटी विभत्स हत्या, झोलामा भेटियो शव


३० जेठ, काठमाडाैँ । काठमाडाैँको लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ । सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ ।शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले किन शिशुको हत्या गर्यो केही थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार ०९:१४