१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गर्ने फुर्वा शेर्पा पक्राउ


२९ जेठ, ताप्लेजुङ । आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गर्ने फुर्वा शेर्पा पक्राउ परेका छन् । आफ्नै ४५ वर्षीया श्रीमती जामु शेर्पालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी
शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

श्रीमतीमाथी खुकुरी प्रहार गरेको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १४:१५