७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

२९ जेठ, पोखरा । प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा  गोली चलाएकाे छ । पोखराको उत्तमचोकमा लागू औषध लिएर हिँहेको खबर पाएपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएकाे छ ।

 प्रहरीले चलाएको गोली लागि लागूऔषध कारोबारी गोविन्द थापा घाइते भएका छन् । थापाकाे खुट्टामा गोली लागेकाे र उनकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १३:००