१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जन्मबारबाट थाहा हुन्छ मानिसकाे व्यक्तित्व, जान्नुहाेस् कुन बार जन्मने व्यक्तिकाे स्वभाव कस्ताे ?


२९ जेठ, एजेन्सी । ज्योतिषशास्त्र अनुसार जन्मबारबाट पनि मानिसकाे व्यक्तित्वबारे धेरै कुरा थाहा पाउन सकिन्छ । मानिसहरु आफ्नो जन्म मिति तथा बारको आधारमा भविष्यवाणीको खोजी गरिरहेका हुन्छन् । वास्तवमै भन्ने हो भने जन्म बारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । मानिसको जन्म बारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । जानी राखौँ कुन बार जन्मिएको मानिसमा के कस्तो खुबी तथा स्वभाव हुन्छ ।

फाइल फाेटाे

आइतबार

आइतबार जन्मिने बच्चा बिरामी भइरहे हुन्छन् । तर यसबार जन्मने व्यक्तिले जीवनमा धेरै नाम कमाउनुका साथै ख्याती प्राप्त गर्नेछ । यो दिन जन्मिएको बच्चाले पारिवारिक जीवनमा विशेष ध्यान आवश्यक छ ।

सोमबार

साेमबार जन्मिएका व्यक्तिकाे स्वभाव मूडी खालको हुन्छ । यस्ता व्यक्तिको भाग्य आमरुपमा विवाह पछि उदय हुन्छ । यस दिन जन्मिने व्यक्तिले सधैँ आफ्नो सम्बन्धमा सावधानी अपनाउन आवश्यक हुन्छ ।

मंगलबार

मंगलबार जन्मिने बच्चा बढी नै रिसाहा र आमरुपमा बाल्यकालमा पनि बिरामी भइरहने खालका हुन्छन् । यस्तै चोट पटक तथा दुर्घटनाबाट बच्नका लागि सँधै ख्याल राख्नु पर्ने हुन्छ ।

बुधबार

बुधबार जन्मिने बच्चा धनी र सम्पत्तीले भरिपूर्ण हुन्छन् । यस बार जन्मने व्यक्तिकाे भाग्य बलियाे रहेको हुन्छ । हरेक कार्यमा पूर्णता चाहने स्वभाव यस बार जन्मने व्यक्तिमा हुन्छ । यो दिन जन्मिएकाले आफ्नो अहंकारी स्वभावमाथि नियन्त्रण राख्न आवश्यक हुन्छ ।

बिहीबार

बिहीबार जन्मिने बच्चा भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुनेछ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि गर्ने धेरै विश्वासबाट बच्नु पर्ने हुन्छ ।

शुक्रबार

शुक्रबार जन्मिने बच्चा आध्यात्मिक हुने छन् । उनीमाथि भगवानको विशेष कृपा हुने छ । यस्ता व्यक्तिले लापरबाही तथा अतिविश्वासबाट बच्नु जरुरी छ ।

शनिबार

शनिबार जन्मिनेले जीवनमा कडा संघर्षको सामना गर्नु पर्ने हुन्छ । यद्यपि, एउटा उमेर चरण पार गरेपछि भने विदेश गएर अत्यन्तै ठूलो सफलता पाउने छन् । यस्ता व्यक्तिले नशा तथा प्रेमको चक्करबाट भने बच्नआवश्यक छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १२:३५