७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्वकप क्रिकेटः आज अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै


२९ जेठ, काठमाडाैँ । विश्वकप क्रिकेटमा आज बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सन् १९९९ पछि पहिलोपल्ट विश्वकपमा जवाफी ब्याटिङ गरेर पराजित भएको अष्ट्रेलिया इंग्ल्याण्डमा जारी आईसीसी एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा रहनेछ । यस खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ । उसले प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग लज्जास्पद ७ विकेटको हारपछि घरेलु टोली इंग्ल्याण्लाई १४ रनले पराजित गरेको थियो । टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १०:५४