Logo

सांग्रिला बैंकमा बचत खाता खोले १६ लाख रुपैयाँसम्मको बीमा



२९ जेठ, काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंकले बचत खातामा नयाँ योजना ल्याएको छ । बैंकले पछिल्लो पटक  ‘बचत पनि बीमा पनि’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ ओटा बचत खाता छन् ।

बैंकले ती खाता खोल्ने ग्राहकको १६ लाख रुपैयाँसम्मको बीमा हुने जानकारी दिएको छ । जसमा खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमासम्बन्धी सुविधाहरू समावेश छन् । यो खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् । न्यूनतम मौज्दात ५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ रहेको छ ।

यो खाता खोल्नेले लकर सुविधामा विशेष छूट, निःशुल्क एबीबीएस तथा एटीएम भिसा कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा १ वर्षसम्म निःशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले अहिल सञ्चालित ८५ ओटै शाखाबाट नयाँ बचत खाता योजना पनि सुरु गरेकाे जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १०:५१
प्रतिक्रिया दिनुहोस्