८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रेस्टिज एड्भेन्चरको किर्ते धन्दा, विदेशीसँग पैसा असुल्दै सगरमाथा चढेको प्रमाणपत्र बेच्दै


२९ जेठ, काठमाडौँ । प्रेस्टिज एड्भेन्चरको किर्ते धन्दा सार्वजनिक भएको छ । यस वर्षमात्रै उसले किर्ते गरेर चार जना विदेशीलालाई सगरमाथा चढेको भनेर प्रमाणपत्र बेच्ने असफल प्रयास गरेको छ । लाखौँ रूपैयाँ असुल गरेर सगरमाथा नै नचढी किर्ते तस्बीरहरू तयार पारेर आरोहणको प्रमाणपत्र दिलाउने काममा लागेको प्रेस्टिज एड्भेन्चरका बारेमा पर्यटन विभागले अनुसन्धान थालेको छ ।

विगतमा पनि किर्ते गरेर आरोहणको प्रमाणपत्र दिलाउने काम गर्दै आएको आरोप लागेको प्रेस्टिज एड्भेन्चरको गतिबिधि सूक्ष्म रूपमा अनुसन्धान गर्नुपर्ने अन्य व्यवसायिक संस्थाहरूले पनि बताउँदै आएका थिए । जेठ ९ गते सगरमाथा आरोण गरेको विवरण दिएका यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुशको दाबी झुटो पाइएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताएकी छिन ।

उनीहरूको झुटो विवरण तयार गरेर आरोहण प्रमाण दिलाउने काममा प्रेस्टिज एड्भेन्चरको संल्ग्ता समेत पुष्टि भएको आचार्यले बताएकी छिन । आर्यकी अनुसार ३ सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । जसमध्ये २ सय ८१ जनाले सफल आरोहण समेत गरेका छन । तर प्रेस्टिज एड्भेन्चरबाट गएका उनीहरू चार जनाले भने सगरामाथाको आरोहण नै नगरी फर्जी प्रमाण तयार पारेर पेश गरका थिए ।

उजुरी परेपछि छानविनका क्रममा प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएका उनीहरुको दाबी झुटो ठहरिएपछि आरोहण प्रमाणपत्र नदिएको निर्देशक आचार्यले बताइन । कानुन अनुसार यसरी फर्जी प्रमाण पेस गर्नेलाई नेपालका हिमाल आरोहणमा रोक लगाउने गरिन्छ भने सिफारिस गर्ने कम्पनीलाइ कालो सूचीमा राखेर अन्य कानुनी कारबाही अघि बढाइन्छ । हामीले प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडका डम्बर पराजुलीसँग प्रतिक्रियाका लागि 5591234 नम्बरमा सम्पर्क गरेका थियाैँ तर हाम्रो कुनै फोन उठेन ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ०९:३४