१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

उपेन्द्र र बाबुरामको पार्टीका नेताको भतिजको बिबाह भोज सरकारी विद्यालयमा, विद्यार्थीलाई विदा


२९ जेठ, काठमाडाैँ । समाजवादी फोरमका अध्यक्षद्धय उपेन्द्र यादव र डा बाबुराम भट्टराईको पार्टीका नेता लक्ष्मी महतो भतिजको बिबाह भोजका लागि महोत्तरीको एक विद्यालय नै खाली गराइएको छ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा समाजवादी फोरमका नेताको भतिजको बिबाहका लागि विद्यालय खाली गराइएको हो ।

विद्यालयभित्रै भोज चलेपछि विद्यार्थीलाइ भने विदा दिइएको थियो । विद्यालयमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई विदा दिएको थयो। पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए । गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो । ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले दाबी गरेका छन । यो समाचार अन्नपूर्ण पोस्टमा राजकरण महतोले लेखेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ०७:२९