१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मदिराले मातेर जनताको घरमा ढुंगा हान्ने नुवाकोट कांग्रेसका नेता रिमालविरूद्ध पक्राउ पुर्जी जारी


२८ जेठ, नुवाकोट । मदिराले मातेर जनताको घरमा ढुंगा हान्ने नेपाली कांग्रेस नुवाकोटका नेता एवं विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बद्री रिमालविरूद्ध नुवाकोट प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता रिमालले मध्यरातमा गएर जनताको घरमा ढुंगा हानेपछि  प्रहरीमा जाेहरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालयल  नुवाकोटका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले किटानी जाहेरीको अाधारमा अनुसन्धान गर्दा थप बुझ्नुपर्ने र अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ पुर्जीनै जारी गरिएको दैनिकीलाइ जानकारी दिए । नेता रिमाललले गत शुक्रबार रक्सीले मातेर विदुर नगरपालिक वडा नम्बर ५ मा रहेको ४३ वर्षीय भवानी घिमिरेको घरमा ढुंगाहान्न पुगेको भिडियो नै भाइरल बनेको थियो ।

मध्यरातमा ११ बजे घर भत्काउछु भन्दै पुगेका रिमालविरूद्ध भवानी घिमिरेले किटानी जाहेरी दिएकी थिइन । अर्को वडामा गएर रक्सी खाएर वितण्डा मच्चाउने वडा अध्यक्षको बारेमा सर्वत्र अालोचना भैरहेको छ । अध्यक्ष रिमाललाइ मध्यरातमै अर्काको घरमा ढुंगामुढा गरिरहेको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरेका थिए ।

यो पनि पढ्नुहोस्

–मदिराले मातिएका नुवाकोट कांग्रेसका नेता रिमाल मध्यरातमा अर्काको घरमा पुगेपछि…(भिडियोसहित)

यस्तो थियो किटानी जाहेरी

 

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार २०:४३