१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चाेलाे बिना नै सारीमा यस्ताे हट देखिइन् प्रियांका चाेपडा(भिडियाेसहित)


२८ जेठ, काठमाडाैँ ।  बलिउडकी चर्चित नायिका तथा पुर्व विश्व सुन्दरी प्रियांका चाेपडा आलोचनाकाे सिकार भएकी छिन् ।  एक अन्तर्राष्ट्रिय म्यागेजिनका लागि खिचाएको फोटोमा उनले चोली नलगाएर सारी मात्र लगाएकोमा  आलोचीत बन्न पुगेकी हुन् । चोली बिनाको सारीको कुनै महत्त्व छैन भन्दै भारतमा उनलाई ट्रोलकाे सिकार बनाइएको छ ।

प्रियङ्कामाथि युगदेखि सारी र चोली सँगै लगाउँदै आएको परम्परालाई बिगार्न खोजेको आरोप लागेकाे छ । सामाजिक सञ्जालमा प्रियङ्काको चर्को आलोचना भएपछि उनको बचाउ गर्दै डिजाइनरले सारी र चोली लगाउँदा भारतीय समुदायलाई मात्र प्रतिनिधित्व गर्ने भएकाले अन्तर्राष्ट्रिय म्यागेजिनलाई विविधतायुक्त देखाउन सारी मात्र पहिरन गरेको दाबी गरेकी छन् ।

हेर्नुहाेस भिडियाेः

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार २०:१४