११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

यस्ता खराब स्वभाव भएका नारीले बिगार्छन् घर परिवार


२८ जेठ, काठमाडाैँ ।  घरको सौभाग्य भनेको नारी हो । असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ ।  दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ । धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ । कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनिरहेकाे हुन्छ । यस्ता व्यवहार छ भने नारीहरुले असल घरबारका लागि तत्काल आफ्नो स्वभाव सुधार्नु राम्रो हुन्छ ।

प्रतिकात्मक तस्बीर ।
प्रतिकात्मक तस्बीर ।

पैसाका लागि जे गर्न पनि तयार हुने : श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ ।

हस्तक्षेपकारी भूमिका : केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।

रुञ्चे : सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।

श्रीमानलाई आफ्नोमात्रै ठान्ने : यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन् । महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १२:२६