१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीतः सन्दीप लामिछाने


२८ जेठ, काठमाडाैँ । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलिया भ्रमण सकेर सोमबार अबेर स्वदेश फिर्ता भएका छन । स्वदेश फर्कनेक्रममा सन्दीपले अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताए । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको लागि कुरा गरेको पनि बताए ।

फ्रेन्चाइज लिगबाट रेस्ट लिन नेपाल आएको र आफूले केही समय घर परिवारलाई दिएको प्रष्ट पार्दै सबैभन्दा पहिलो कुरा स्वास्थ्यलाई ख्याल गरेर नै प्रधानमन्त्री कप क्रिकेट नखेलेको सन्दिपले बताए । उनले आसन्न टी–२० विश्वकप क्वालिफायरका लागि सुरु हुने क्याम्पमा रहने बताउँदै फ्रेन्चाइज लिग भने छानेर मात्रै खेल्ने बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ०७:२५