७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेद्धारा राजिनामा


२८ वैशाख, काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले  राजीनामा दिएका छन् । पाण्डेले साेमबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताएका छन । एक विज्ञप्ति प्रकाशित गरेर पाण्डेले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

पाण्डेले एन्फामा काम गर्दा अझ नजिकबाट नेपाली फुटबललाई बुझ्ने मौका पाएको भन्दै आगामी दिनमा पनि सधैं साथ रहने उल्लेख गरेका छन् । उनको नियुक्ति भएपछि गैर आवसीय नेपालीलाई एन्फाको सल्लाहकार बनाएको भन्दै केही आलोचना भएको थियो । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फामा निर्वाचित भएपछि बनाएका बिभिन्न समिति मध्ये पाण्डेले नेतृत्व गरेको समितिलाइ पनि महत्वपूर्ण मानिएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ०७:१७