१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सामुदायिक विद्यालय ४ दिन बन्द हुने, यस्तो छ खास कारण


२७ जेठ, भजनी । अत्यधिक गर्मीका कारण कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द हुने भएका छन् । गर्मीका कारण अध्ययन अध्यापनमा समस्या हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ ।

टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी जेठ ३२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले अत्यधिक गर्मीका कारण चार दिनमा लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

गर्मी अत्यधिक भएर विद्यार्थीको पठनपाठनमा समस्या हुन थालेपछि हामीले सरोकारवाला निकायसँग छलफल गरी चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ”, रावलले भन्नुभयो । टीकापुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ७२ वटा विद्यालय रहेका छन् । अत्यधिक गर्मीका कारण दिउँसोको समयमा जनजीवन प्रभावित भइरहेको छ ।रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार २०:३०