८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तपाइँलाई कब्जियतकाे समस्या छ ? अपनाउनुहाेस् यी ५ सरल घरेलु उपाए


२७ जेठ, काठमाडौँ । कब्जियत आम समस्या हो र जुन उमेरका मान्छेलाई पनि यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ ।

हामीले यहाँ घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् ।

१ कागती
आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो । एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर हालेर मज्जाले घोल्नुस् । कागतीको जुस तयार भयो । यसरी तयार भएकाे जुस नियमित सेवन गर्नाले कब्जियतबाट छुटकरा पाउनुहुन्छ

२ स्याउ
एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी लिनुस् । सबभन्दा पहिला स्याउ काट्नुस् र ब्लेन्डरमा पिस्नुस् । त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्नुस् र राम्ररी घोल्नुस् । तपाईंको जुस तयार भयो । यसरी तयार भएकाे जुस नियमित सेवन गर्नाले कब्जियतबाट छुटकरा पाउनुहुन्छ ।

३ नासपाती
दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् । नासपातीका सानासाना टुक्रा पार्नुस् र ब्लेन्डरमा पिस्नुस् । पिसेपछि एउटा गिलासमा रस निकाल्नुस् । त्यसपछि गिलासमा कागतीको रस र बीरेनून हाल्नुस् । तपाईंको नासपाती जुस तयार भयो । यसरी तयार भएकाे जुस नियमित सेवन गर्नाले कब्जियतबाट छुटकरा पाउनुहुन्छ ।

४ सुन्तला
एक कप सुन्तला र एक चिम्टी बीरेनून ल्याउनुस् । ब्लेन्डरमा सुन्तला हालेर त्यसको रस निकाल्नुस् । त्यसपछि गिलासमा सुन्तलाको रस हाल्नुस् र बीरेनून मिसाउनुस् । सुन्तलाको जुस तयार भयो । यसरी तयार भएकाे जुस नियमित सेवन गर्नाले कब्जियतबाट छुटकरा पाउनुहुन्छ ।

५ सुक्खा जामुन
६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् । पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । यसरी तयार भएकाे जुस नियमित सेवन गर्नाले कब्जियतबाट छुटकरा पाउनुहुन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ०७:४४