११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

आईसीसी विश्वकपमा भारतको दोस्रो जित, पाँच पटकको च्याम्पियन अष्ट्रेलिया ३६ रनले पराजित


२७ जेठ, काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । नेपाली समय अनुसार आइतबार राति भएको खेलमा भारतले पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । जारी विश्वकपमा अष्ट्रेलियाको याे पहिलो पराजय हो ।

केनिङटन ओभलमा भारतले दिएको ३ सय ५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि भएको खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिज र अफगानिस्तानलाई हराएको थियो । भारतले पनि यसअघि दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । जितसंगै भारतले २ खेलबाट ४ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ०७:२८