६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेयमार विना नै ब्राजिलको होन्डुरसमाथि आधा दर्जन गोल


२७ जेठ, काठमाडाैँ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि आधा दर्जन गोल अन्तरको जित हात पारेको छ । पोर्टो एल्गेरोमा भएको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससले दुई गोल गरे । स्टार खेलाडी नेयमार विना नै मैदानमा उत्रिएको ब्राजिलले तुलनात्मक रुपमा कमजोर टिम होन्डुुरस विरुद्ध खेलको छैटौ मिनेटबाट गोलको बर्षा सुरु गरेको थियो । जुन ७० मिनेटसम्म कायम रहेको थियो ।

छैटाै मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका थिए । त्यसपछि १३ औं मिनेटमा थिएगो सिल्भाले फिलिप कोउन्टिन्होको पासमा ब्राजिलका लागि दोस्रो गोल गरे । ३७ औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । जसलाई कोउन्टिन्हो आफैले गोल गर्दै टिमको अग्रता तीन शुन्यमा लम्ब्याए ।

पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गर्यो । ४७ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा ५६ औं मिनेटमा डेविड निरीसले पाँचौ गोल गरे । ब्राजिलको गोलको क्रम यतिमा रोकिएन । ६५ औं मिनेटमा रोबेर्टो फेरमिन्होले र ७० औं मिनेटमा रिकार्रलिसनले गोल गरेर ब्राजिलले सात शुन्यको प्रभावशाली जित निकाल्न सफल भयो । कतारमा भएको खेलका दौरान नेयमार चोटग्रस्त भएपछि उनी कोपा अमेरीका प्रतियोगितासम्म मैदान बाहिर हुनेछन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ०७:४३