१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रितम आचार्य बने “सा रे ग म प् लिटल च्याम्प्स”को सेकेण्ड रनर अप, बधाइ छ प्रितम


२६ जेठ, काठमाडाैँ । नेपाली बालक भारतको लोकप्रिय टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गयान प्रतियोगिता “सा रे ग म प् लिटल च्याम्प्स”को सेकेण्ड रनरअप घोषित भएका छन । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक प्रीतम केसी भने चौथो भएका छन् । फाइनलमा ६ जना पुगेका थिए । कार्यक्रम अहिले पनि जारी छ ।

को हुन प्रितम ?

मात्र ११ वर्षका प्रितमले आफु ५ वर्षको हुदा नै गाउनमा लागिसकेका थिए । ५ वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दा उनको गयकी मात्र हैन उनको बोलीको आत्माविश्वास र शैली नै पुरै परिवर्तन भैसकेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित खाध्गोदम भन्ने ठाउमा बस्दै आएका प्रितम सानै उमेरदेखि निकै चर्को-चर्को स्वरमा गाउथे ।

जस्तो सुकै गीत पनि निकै मिठासका साथ् गाउने खुबी भएका प्रितमले इटहरी मै भएको स्कुल आइडल मा पनि भाग लिएर टप ६ सम्म पुग्न सफल भएका थिए । त्यहि बाटै उनको संगीत यात्राको थालनी भएको हो । इटहरी मा आयोजना हुने हरेक सांगीतिक कार्यक्रममा उनको सहभागिता हुने गरेको थियो । त्यहिबाटै सबैको माया, साथ्, हौसला र प्रशंशा बाट उनि आज संगीतको महामंच सारेगमप् लिटल च्याम्प्स को टप ३० सम्म पुग्न सफल भएका हुन् ।उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसला आइडल का उपविजेता पनि हुन् ।

इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्यनरत प्रितम परिवारका दोश्रो सन्तान हुन् । उनकी दिदि प्रिया कक्षा १० मा यसपाली एसइइ दिदै छिन । उनि पनि इटहरी कै वाई पोइण्टिङ्ग सेकेण्डरी स्कुलमा अध्यनरत छिन । सानै उमेरदेखि संगीतमा लागेका प्रितमको परिवारमा उनका बुबा काशीनाथ आचार्य पनि निकै मिठो गाउछन । सानैमा उनका गाउका एकजना दाजुले उनलाई रेडियो नेपालमा पनि लैजना खोजे तर उनको पारिवारिक वातावरणका कारण उनी जान पाएनन । त्यसकारण उनी जसरि भएपनि आफ्नो छोरो प्रीतमलाइ निकै ठुलो गाएक बनाउने लक्ष छ । जुन पुरा हुदै आइरहेको छ । प्रितामका वाबु काशिनाथ आचार्य इटहरीमै राहेको सिप्रदी कम्पनिमा काम गर्छन भने आमा सामान्य गृहणी हुन् ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार २०:३०