८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रेखा र शिल्पाले बढाए दोस्तीको हात, छवि ओझा एक्लिएकै हाे त ?


२६ जेठ, काठमाडाैँ । नेपाली चलचित्रका चर्चित नायिका हुन् रेखा थापा र शिल्पा पोखरेल । दुवैको अभिनयको दर्शकले सधैँभरि खुलेर तारिफ गर्ने गरेका छन् । अझ गज्जबको कुरा त के छ भने रेखाको पूर्व श्रीमान छवि ओझासँग अहिले शिल्पा अफेयरमा छिन् । यी दुईले विवाह समेत गरिसकेकाे चर्चा सिनेवृतमा चलिरहन्छ ।

 रेखा र शिल्पालाई एकअर्काको दुश्मन समेत भनिन्छ । रेखा र शिल्पालाई एकसाथ देख्दा जो कोही चकित हुन्छन् । शिल्पा र रेखाले पहिलेदेखि नै आफूहरुबीच सम्बन्ध नबिग्रिएको बताउँदै आएका थिए । चलचित्र कलाकार संघको अध्यक्षको लागि भोट दिन जादाँ यी दुईको भेट भएसँगै यि दुईको गज्जबको मित्रता देखिएको थियो ।

रेखा र शिल्पा एकअर्कासँग निकै खुलेर कुरा गरिरहेका थिए । उनीहरुले एकअर्काको तारिफ गरेर थाकेनन् । शिल्पाले त अझ रेखा आफ्नो आइडल व्यक्ति भएको समेत बताइन् । उनीहरुको लोभलाग्दो मित्रताले रेखा र शिल्पाबीच छविका कारण कुनै दुश्मनी नभएको स्पष्ट देखिएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १६:२७