१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नुवाकाेटका युवक अर्जुन घिमिरे भद्रगोलमा बूढो, यस्ताे रहेछ पाँडेकाे वास्तविकता


२६ जेठ, काठमाडाैँ । पत्रकार बन्ने सपना बाेकेर काठमाडाैँ छिरेका नुवाकाेठका अर्जुन घिमिरे  कलाकार बनेका छन् । क्याम्पसका कार्यक्रममा कहिलेकाहीँ ‘क्यारिकेचर गर्ने घिमिरे कलाकारको अन्तर्वार्ता लिन हिँड्दाहिँड्दै कलाकार बन्न पुगेकाे बताउँछन्  ।  २८ वर्षीय घिमिरेख ५०–६० वर्षको वृृद्धकाे राेलकाे अफर लिएर कुमार कट्टेल अाएका थिए । वृद्ध देखिनु चुनौती भएपनि अाफुले भद्रगाेल खेल्ने निर्णय गरेकाे घिमिरे बताउँछन् ।

ड्रेसअप, हाउभाउ, बोली बूढाको बनाउनुपर्ने । त्यो पनि खुरापाती, भँडुवा, अरूलाई गरिखान नदिने पाराको । ‘गाउँघरतिर त्यस्तालाई आलुपाँडे भन्छन्, त्यसैले भद्रगोलको पात्रको नाम पनि ‘पाँडे’ नै जुराए ।  भद्रगोललाई स्थापित गराउनु थियो  सुरुवातका भागमा अर्जुनलाई निकै सकस भएपनि २०–२२ इपिसोड पुगेपछि सहज हुँदै गएकाे बताउँछन्  ।

भद्रगोल हेर्ने दर्शकको मनमा कहिलेकाहीँ प्रश्न उब्जन्छ कि त्यो पाँडे वास्तविक जीवनमा पनि त्यस्तै होला ? अर्जुन भन्छन्, ‘त्यो पात्रको मेरो वास्तविक जीवनमा कुनै सम्बन्ध छैन, मैले अभिनय मात्र गरेको हुँ ।’ तर, भद्रगोलको सुटिङका लागि सेटमा पुगेपछि आफ्नो वास्तविक परिचय नै बिर्सने बताउँछन् । भन्छन्, ‘सुटमा तयार हुँदा मसँग अर्जुन घिमिरे हुँ भन्ने ख्याल नै गायब हुन्छ ।’ उनी आफ्नो व्यक्तिगत जीवन नै सबै बिर्सने बताउँछन् । अनि अन्तरआत्मादेखि नै पाँडे बन्छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १५:१२