१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रहरीकी पत्नीले ८० वर्षीय सासुलाई दिन दिनै यसरी कुट्छिन् (भिडियाेसहित) 


२६ जेठ, काठमाडाैँ । भारतमाकाे हियाणामा दिन दिनै सासु कुट्ने बुहारी पक्राउ परेकी छिन् । वृद्धा  स्वतन्त्र हिन्द फौजका सदस्य हुन् र उनलाई बुहारीले दैनिक कुट्छिन् । वृद्धाकाे मासिक ३० हजार भारु पनि पेन्सन अाउने गरेकाे छ । स्रोतका अनुसार पेन्सनको लोभमा नै उनले सासुलाई कान्छो छोराको घरबाट ल्याएकी थिइन् । महिलाका श्रीमान् पुलिस हुन् त्यसकारण उनीविद्ध कसैले पनि आवाज उठाउने हिम्मत गर्दैनन् ।

भिडियो वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । सोसल मिडियामा केही मानिसहरुले यो भिडियो छिमेकीले घरको छतबाट रेकर्ड गरेको बताइरहेका छन् । भिडियो ऋषि बागरीको ट्वीटर ह्यान्डलबाट सेयर गरिएको हो ।

हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले पनि यो भिडियोको विषयमा ट्वीट गरेका छन् । उनले लेखे, ‘यो दुःखद र निन्दनीय छ । सभ्य समाजमा यस्तो प्रकारको व्यवहारलाई सहन सकिँदैन । यसबारे मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरिएको छ ।  पुलिसले महिलालाई पक्राउ गरेर वृद्धाको मेडिकल पनि गराएको जानकारी दिएकाे छ ।

भिडियाे

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १३:०९