१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रेमिकालाई  प्रेम प्रस्ताव राख्न प्रधानमन्त्रीसँग हेलिकोप्टरकाे माग


२६ जेठ, काठमाडाैँ । सामाजिक संञ्जाल चर्चामा र प्रयाेगमा आएसँगै भारतमा  भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताले एउटा निकै रोचक ट्वीट गरेका छन्, जसमा उनले एक प्रयोगकर्तालाई हेलिकोप्टर बिना नै प्रेम प्रस्ताव राख्नुका फाइदाबारे बताइरहेका छन् । ओडिशाका एक प्रयोगकर्ताले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै प्रेम प्रस्ताव राख्न हेलिकोप्टरको माग गरे । उनले एकपटक होइन बारम्बार ट्वीट गरे ।

भाजपाका प्रवक्ता बनेका बैजन्त जय पाण्डाले उनको यो ट्वीटमा प्रतिक्रिया दिँदै उनलाई हेलिकोप्टर नलैजान सल्लाह दिए । र हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुका फाइदा पनि बताए ।पाण्डाले लेखेका छन्, ‘तपाईंले यसका लागि पटकपटक अनुरोध गर्नुभयो । तर मलाई लाग्छ तपाईंले हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुपर्छ । किनभने उनको प्रतिक्रिया बाह्य तत्वबाट मुक्त हुनुपर्छ ।

हेलिकोप्टर बिना नै राखेको प्रस्ताव यदि स्विकार गरियो भने विवाहको दिन उनी आफैंले हेलिकोप्टरमा उडाइदिने वचन पनि दिए ।एजेन्सी

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०९:३८