७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेस नेता गगन थापाले स्वास्थ्यमन्त्री हुँदा यतिसम्म गरेछन बदमासी (तथ्यसहित)


२५ जेठ, काठमाडाैँ । सँधै अरुलाई नैतिकता र आर्दशका कुरा सिकाउने माननीय गगन कुमार थापाले भने आफु मन्त्रीहुँदा आफ्ना कार्यकर्तालाई स्वास्थ्य सेवाका आर्कषक पदमा नियुक्ती दिन नियुक्तीको मापदण्डलाई मनलाग्दी ढंगले परिवर्तन गरेको खुल्न आएको छ। बिषय हो, स्वास्थ्य मन्त्रालयमा आबद्ध सार्वजानिक संस्थामा नियुक्तीको लागि तयार गरिएको मापदण्डको ।

गगन थापाले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्दै गर्दा मिति २०७३ साल कार्तिक २४ गतेमा मन्त्री परिषदबाट “स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजानिक निकायका पदधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड, २०७३” पारित गरिन्छ। यो मापदण्ड स्वास्थ्य मन्त्रालयमा आबद्ध सार्वजनिक संस्थाको नियुक्तीसंग सम्बन्धित भएकोले तालुकदार मन्त्रालय स्वास्थ्य मन्त्रालय भएको र यो प्रस्ताव तत्कालिन स्वास्थ्य मन्त्रीकै सहमितमा मन्त्रीपरिषदमा लगिएको थियो भन्नेमा दुइमत नहोला।

संस्था भलै साना ठुला होलान तर एकै किसिमका पदमा नियुक्त हुने पदाधिकारीको योग्यता र अनुभवको मापदण्ड अलग अलग राखिनुलाई बद्नियत हैन भन्न सकिदैन।

मन्त्रीपरिषदबाट पारित उक्त मापदण्डका अनूसार वी.पी.कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा नियुक्ती हुनको लागि “चिकित्साशास्त्र, जनस्वास्थ्य, अस्पताल प्रशासन वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरि सम्बन्धित क्षेत्रमा कम्पीमा दश बर्ष काम गरेको वा चिकित्साशास्त्र वा स्वास्थ्यसँग सम्बन्धित बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरि मन्त्रालय सम्बद्ध नियकायमा कम्तीमा नवौं तह वा सो सरहको पदमा काम गरेको हुनु पर्ने“ व्यवस्था गरिएको छ।

त्यसै गरि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक र रजिष्टारमा नियुक्ती हुनको लागि “चिकित्साशास्त्र, जनस्वास्थ्य, अस्पताल प्रशासन वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरि सम्बन्धित क्षेत्रमा कम्पीमा दश बर्ष काम गरेको वा चिकित्साशास्त्र वा स्वास्थ्यसँग सम्बन्धित बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरि मन्त्रालय सम्बद्ध नियकायमा कम्तीमा नवौं तह वा सो सरहको पदमा काम गरेको हुनु पर्ने“ व्यवस्था गरिएको छ। अर्थात पाटन र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजिष्टारको नियुक्तीको लागि चाहिने शैक्षिक योग्यता र कामको अनुभव हुबहु छ।

तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारको हकमा भने माथिका सबै प्रावधानलाई नजर अन्दाज गरिएकोछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारको लागि तोकिएको योग्यतामा न चिकित्साशास्त्रको शैक्षिक योग्यता राखियो न व्यवस्थापन सम्बन्धि योग्यतालाई नै राखियो। साथै कार्य अनुभवलाई पनि कम गरियो भने स्वास्थ्य क्षेत्रमा काम गरेको हुनु पर्ने बाध्यत्मक व्यवस्थालाई समेत हटाइयो।

नियुक्तीको मापदण्ड परिवर्तन भए पछि माननीय गगन थापाले उक्त पदमा आफ्ना प्रिय कार्यकर्ता विश्वराज काफ्लेलाई नियुक्ती दिएका छन। काफ्ले पेशाले इन्जिनियर हुन भने उनको स्वास्थ्य क्षेत्रमा कार्य गरेको कार्यगत योग्यता समेत छैन।

त्यसैले अरुलाई आदर्श र नैतिकताको पाठ पढाउन कहिल्यै नथाक्ने गगन थापाले नेपाली जनतालाई निम्न प्रश्नको जवाफ भने पक्कै दिनु पर्नेछ।

१. वी.पी.कोइराला र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारको भन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारको शैक्षिक तथा कार्यगत योग्यता फरक राख्नुको बाध्यतारउद्धेश्य के हो?

२. आफ्नो र्बहिगमन हुने निश्चित भएपछि आफ्नो कार्यकालको अन्तिम समयमा रातारात स्वास्थ्य क्षेत्रमा काम गरेको कुनै योग्यता र अनुभव नभएको व्यक्तीलाई प्रतिष्ठानको रजिष्टार जस्तो जिम्मेवारी युक्त पदमा नियुक्ती गर्नुको बाध्यता आवस्यकता किन पर्यो ? पोष्टखबर डट कमबाट साभार 

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार २१:४७