१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

दुबईमा यात्रुवाहक बस दुर्घटना, विभिन्न देशका १७ जनाकाे मृत्यु


२५ जेठ, काठमाडाैँ । दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ ।कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ ।

अधिकारीहरूका अनुसार यस दुर्घटनामा परी आठ भारतीय नागरिकको मृत्यु भएको छ । करिब ५० वर्षीया चालक घाइते भएका र उनको उपचार भईरहेको अधिकारीहरुको भनाई छ । दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको र दुर्घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने स्मरण गराउनु भएको छ । दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेपनि घटनाको संपूर्ण विवरण आधिकारिक रूपमा प्राप्त भइनसकेको बताइएको छ ।

यस दुर्घटना अन्य भारतीय नागरिक पनि घाइते भएका र उनीहरुको उपचार भइरहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

रासस/एएफपी

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार १३:४८