१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

आईसीसी विश्वकप क्रिकेटः आयोजक राष्ट्र इंग्ल्याण्डले आज बंगलादेशको सामाना गर्दै


२५ जेठ, काठमाडाैँ । इंग्ल्याण्डले आईसीसी विश्वकपको आफ्नो तेस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । आजको खेलमा इंग्ल्याण्डले  बलिङमा सुधार गर्नुपर्नेछ । यो खेल कार्डिफ वेल्स रंगशालामा शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको उपाधि दाबेदार घरेलु टोलीलाई पुनरागमन अत्यावश्यक छ । किनभने उनीहरुले ट्रेन्ट ब्रिजमा पाकिस्तानसँग १४ रनको पराजय व्यहोरेका थिए ।

बंगलादेशविरुद्ध ओयन मोर्गानको टोलीलाई कुनै पनि गल्ती गर्ने छुट छैन । किनभने इंग्लिस समर्थकले चार वर्षअघि बंगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको भुलेका छैनन् । इंग्ल्याण्डको पछिल्लो लय र घरेलु मैदानको परिचितताका कारण शनिबार बंगलादेशभन्दा इंग्ल्याण्ड हावी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार १०:२४