७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वैदेशिक रोजगारीमा गएका युवाहरुमा बाँझोपनाको समस्या डर लाग्दो, यस्तो रहेछ कारण


२५ जेठ, काठमाडाैँ । चिकित्सकहरूले वैदेशिक रोजगारीका कारण नेपालमा बाँझोपनको समस्या बढ्दै गएको बताएका छन । फर्टिलिटी सोसाइटी अफ् नेपालको एक कार्यक्रममा अध्यक्ष डा भोला रिजालले महिलामा मात्रै नभएर पुरुषमा पनि बाँझोपनको समस्या उत्तिकै देखिएको बताएका छन । उनले नेपालमा निःसन्तान दम्पतीको संख्या १२ देखि १५ प्रतिशत रहेको र यो संख्या धेरै रहेको बताए । डा  रिजालका अनुसार ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष तथा ३३ प्रतिशत महिला र पुरुष दुवैमा समस्या देखिएको छ ।

महिलामा पाठेघर र पाठेघरको नलीमा उच्च समस्या देखा परेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरुमा बाँझोपनको समस्या बढेको पनि डाक्टरको भनाइ छ । विदेशमा काम गर्न जाने कामदारमा तापक्रमका कारण शुक्रकीट उत्पादनमा कमी हुने गरेको देखिएको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ ।

शुक्रकीट सामान्य अवस्थामा फर्कन झण्डै तीन महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सक्दैन । महिलाको उमेर ३५ देखि ४० नाघेपछि उनीहरूमा अण्डाको मात्रा कम हुँदै जान्छ । जसले बाँझोपनको समस्या क्रमिक रुपमा बढ्दै जान्छ । महिलामा पाठेघरको समस्या बढ्नु र वैदेशिक रोजगारीमा गएका युवाको शुक्रकीटमा कमी देखिनुले बाँझोपनको समस्या अझै बढ्ने देखिएको डाक्टर रिजालले बताउनुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार १०:१०