७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मदिराले मातिएका नुवाकोट कांग्रेसका नेता रिमाल मध्यरातमा अर्काको घरमा पुगेपछि…(भिडियोसहित)


२४ जेठ, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका एक जना नेता रक्सीले मातेर जनताको घरमा ढुंगामुढा गर्न पुगेपछि प्रहरीमा जाेहरी परेको छ । विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका कांग्रेस नेता रिमाल गत शुक्रबार रक्सीले मातेर एक जना सर्वसाधरणको घरमा ढुंगाहान्न पुगेको भिडियो नै दैनिकीले प्राप्त गरेको छ ।

मदिराले मात्तिएका उनी मध्यरातको ११ बजे घर लडाउने भन्दै ढुंगामुढामा उत्रिएका हुन । उनको हर्कतको बारेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार किटानी जाहेरी नै परेको छ ।  विदुर नगरपालिक वडा नम्बर ५ मा रहेको ४३ वर्षीय भवानी घिमिरेको घरमा उनी गत शुक्रबार राति मध्यरातमा ११ बजे घर भत्काउछु भन्दै पुगेका हुन ।

घिमिरेको परिवारले शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएर पत्रकार सम्मेलन मार्फत घटनाविवरण सार्वजनिक गरेका छन । अर्को वडामा गएर रक्सी खाएर वितण्डा मच्चाउने वडा अध्यक्षको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  अध्यक्ष रिमाललाइ मध्यरातमै अर्काको घरमा ढुंगामुढा गरिरहेको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरेको थियो । जुन कुरा भिडियोमै प्रष्ट देख्न सकिन्छ । पीडित घिमिरेको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी वडा अध्यक्ष रिमाललाइ कारबाही गर्न माग गरेका छन ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार २३:१४