१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

के विवाह गर्दै छिन् त नायिका रेखा थापा ?


२४ जेठ, काठमाडाैँ । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले ४० वर्ष कटेपछि विवाह गर्ने बताएकी छिन् । आफू  उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेककाे बताएकी छिन् ।  सदावहार चर्चामा रहने नायिका थापाकाे कुनै समयमा नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो ।  उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् । उनले फ्यानलाई डन्ट वरी म विवाह गर्छु भनेकी छिन् । रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् । उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन । रेखाले प्रेमलाई फेक भनेकी छिन् । तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार २१:१०