१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ठेकेदारको घरमा सहमति नजुटेपछि ओली–दाहाल मेडिकल कलेज सञ्चालकको घरमा छलफल गर्दै


६ फागुन, काठमाडौँ । पार्टी एकता र भागवण्डाको कुरा मिलाउन पटक–पटक ठेकेदारको घरमा वार्ता गर्नुभएका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष आज पनि वार्तामा हुनुहुन्छ । प्रायः ललितपुरको मानभवनमा रहेको माओवादी समर्थक ठेकेदारको घरमा बैठक गर्ने गरेका दुई नेता आज भने भक्तपुर सर्नुभएको छ । उहाँहरु एमाले–माआवादी पार्टी एकता संयोजन समितिको बैठक अघि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको भक्तपुरको घरमा छलफलमा हुनुहुन्छ । प्रसाई पनि माओवादी समर्थक नै हुनुहुन्छ । ओली र दाहालबीच सहमति जुटेमात्र आज एकता संयोजन समितिको बैठक हुने माओवादीका एक नेताले जानकारी  दिएका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १३:११