Logo

नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै



२४ जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले रु चार अर्ब नौ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । बैंकले यसअघि पनि रु पाँच अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा टे«जरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार १८:१४
प्रतिक्रिया दिनुहोस्